Tue. Apr 30th, 2024

चलचित्र हँसियाका निर्देशक मिलन चाम्सले अर्को नयाँ चलचित्र निर्देशक गर्ने भएका छन् । धेरै म्युजिक भिडियो सनर्देशन गरेर राम्रो सफलता हात पारेका मिलनले अब चलचित्र ‘ह्याप्पी डेज’ निर्देशन गर्ने भएका छन् । नेपाली चलचित्र उद्योगमा नै सम्भवत सबै भन्दा ठुलो बजेटको फिल्म भनिएको चलचित्र ‘ह्याप्पी डेज’ चाम्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण गर्न लागिएको हो । चलचित्रमा कोरियोग्राफर रेनशा वान्तवा राइको कथा, पटकथा तथा संवाद गणेश देव पाण्डेको रहनेछ । यस चलचित्रको छायांकन बेलायत, स्कटल्याण्ड,वेल्जियम र यूरोपमा हुने पक्का भएको निर्देशक चाम्सले बताएका छन् ।

milan-chams-n-rajendra-thapa

फिल्ममा मल्टि स्टार कास्ट कलाकार रहने बताइएको छ । तर कलाकारहरुको छनोट केहि दिन भित्रमा नै हुने चाम्सले युके बाट बताएका छन् । यस अघि सपनाको नौलो संसार निर्माण गरिसकेका अनुभबी निर्माता राजेन्द्र भट्टले फिल्ममा लगानी गर्दैछन् । ‘ह्याप्पी डेज’को छायांकन ४ जुनबाट सुरु गर्ने तयारी समेत गरिएको छ । चलचित्रमा हलिउडका अनुभवी प्राविधिकहरुले पनि काम गर्ने निर्देशक चाम्सले जानकारी दिएका छन् ।

%d bloggers like this: