Tue. Apr 30th, 2024

माघ ८,हो यो मिति अहिले सबैका लागी एउटा प्रतिक्षाको घडि बनेको छ । किनकी ३ करोड जनताले भोट दिएर माघ ८ गते संविधान जारी गर्न संविधान सभाहलमा पठाएका नेताहरु माघ ८ को पूर्वसन्ध्यामा संविधान सभा भित्र विखण्डन मच्चिरहदाँ नेपाली दर्शक,स्रोताहरुलाई गीतका माध्यमले मनोरञ्जन दिने कलाकारहरु भने सड्कमा उत्रिएक छन् । यो उनीहरुको रहरले भने पक्कै होइन ।

उनीहरु वुधबार विजुलीबजारमा एउटै कुरा भनिरहेका थिए तोकिएकै मितिमा संविधान चाहिन्छ तर उता संविधान सभा भवनमा भने आन्दोलन चर्किरहेको थियो । राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान नेपालले आयोजना गरेको दवाव कार्यक्रममा उपस्थित कलाकारले गीत मार्फत नै संविधान जारी गर्न अनुरोध गरे । लोक गायक पशुपति शर्माले ‘मलाई अमेरका यही’ बोलको गीत गाएर शुरुवात गरे ।

road

‘त्यसै हामी सडकमा आइदैन, कलाकारको हक खोस्न पाइदैन’ भनेर गीत गाउँदा उनलाइ सबैले गाउन र नाच्न साथ दिए । त्यस्तै गायिका राधिका हमालले नेतालाई व्यंग्य गर्दै गीतमा भनिन्, ‘बैठक बस्न आउनी, भत्ता मात्रै पचाउनी, खै कसरी जनताले चित्त बुझाउनी ।’

दबाब कार्यक्रमा दुर्गा रायमाझी, बद्रि पंगेनी, रमेश बिजी, मञ्जु पौडेल, रामजी खाँड, टीका पुन, महेश खड्का, शंकर विसी लगायतका कलाकारहरुले गीत र नृत्यका माध्यमद्धारा संविधान माघ ८ मै जारी गर्न आग्रह गरेका थिए । दोस्रो संविधानसभाको निर्वाचनपछि राजनीतिक दलका नेताले माघ ८ गते संविधान जारी गर्छौं भनेर जनतालाई प्रतिबद्धता व्यक्त गरेका थिए तर अब माघ ८ मा संविधान आउने सम्भावना पुर्णरुपमा समाप्त भएको छ ।

%d bloggers like this: