Thu. May 2nd, 2024

देउताले दैविक शक्तिको महत्वबारे उजागर गर्नुका साथै समसामयिक प्रेमकथालाई पनि समेट्ने प्रयास गरेको चलचित्र देउताको सम्पुर्ण छायाँकन सकिएको छ । उत्तरगया फिल्मस् प्रालिको प्रस्तुती तथा रामभक्त श्रेष्ठको निर्देशन रहेको चलचित्र देउताको दिल्लीमा केही अंश छायाँकन गरी देउता युनिट यसै साता नेपाल फर्केको छ । भोजपुरी गायक श्याम मिश्रले पहिलो पटक नायकमा डेब्यु गरेको चलचित्र देउतामा अन्य कलाकारहरुमा पुस्कर राउत, मोहन के.सी., जोशना भट्ट, बालदिप राई, रामचन्द्र अधिकारी, मन्जु श्रेष्ठ, देशभक्त खनाल, राजेन्द्र वस्नेत, उमेश खड्का, पदम गाहा, सुरवीर पण्डित, आदिको मुख्यभूमिका रहको देउताका प्रस्तुतकर्ता पदम गाहा हुन भने निर्मातामा प्रेम विक, गगन रजाली रहेका छन् । यसमा व्दन्व्द हिमाल केसी, नृत्य दिनेश पाख्रिन र कविराजको रहेकोछ ।

%d bloggers like this: