Thu. Mar 28th, 2024

दुर्गिस फिल्मसको ब्यानरमा सुरज सुब्बा (नाल्बो) को निर्देशनमा तयार भएको चलचित्र सायदमा एकसाथ ठुलो पर्दामा देखिएको जोडी अर्थात सायदका निर्माता सुनिल रावल र कलाकार संयम पुरी फेरी एकसाथ पर्दामा देखिदैंछन् । पुष २५ गते देशभर प्रदर्शनको तयारीमा रहेको बहुप्रतिक्षित चलचित्र आभाषमा संयम पुरी र निर्माता तथा कलाकार सुनिल रावल एकसाथ देखिएका छन् । मनोरञ्जनसंसार डटकमसँग कुराकानी गदैं कलाकार संयम पुरीले सुनिल दाईसँग काम गर्न पाउँदा आफुलाई निकै खुसी लागेको बताए । सुनिल दाई मलार्ई आफ्नै दार्ई जस्तो लाग्छ,मलाई हरेक कुरामा सम्झाउनु हुन्छ,बुझाउनु हुन्छ त्यसैले उहाँको माया र न्यानो साथले नै आज आफु यस ठाँउसम्म आईपुगेको संयमले बताएका छन् । करिब ३ बर्ष अघि निर्माण भएको चलचित्र सायदमा सुनिल रावलले संयमको दाईको भुमिका निभाएका थिए ।

त्यसपछि यि जोडी अब पुष २५ गते प्रदर्शन हुन लागेको चलचित्र आभाषमा समेत एकसाथ देखिदैंछन् । हामीसँगको कुराकानीमा सुनिलले भने संयम नेपाली चलचित्रक्षेत्रको एक आशालाग्दो कलाकार हो मैले उसको आँखामा एक सुपरस्टार देखेको छु । साच्चै भन्नु पर्दा संयमले सबैको मनछुने अभिनय गर्ने माहिर छ । बैकिंक पेशा अपनाएका सुनिल रावल सायद चलचित्रबाट नै उनी निर्माताका रुपमा परिचित भएका हुन् । त्यसपछि उनले होस्टेल निर्माण गरेका थिए । अब उनले निर्माण गरेको अर्को चलचित्र होस्टेल रिटन्र्स यति बेला पोष्ट प्रोडक्शनमा रहेको जानकारी दिदैं अब अगामी फिल्महरुमा संमयलाई नै आफुले निर्माण गर्ने चलचित्रमा कलाकारको रुपमा देखाउने पनि बताएका छन् ।

sangam and sunil

त्यस्तै होस्टेलबाट दर्शकमाझ राम्रो परिचय बनाएका सलोन बस्नेतलाई पनि सुनिलले खुबै तारिफ गरेका छन् । उनले भने सलोनको अभिनय पनि मनमुटु छुने खाल्को छ । होस्टेलबाट नै होरो बनेका सलोन पनि चलचित्र आभाषमा मुख्य भुमिकामा छन् । साथैं होस्टेलमा नै अभिनय गरेकी नायिका प्रकृति श्रेष्ठ पनि चलचित्र आभाषमा मुख्य भुमिकामा रहेकी छिन् । होस्टेल र सायद जस्तो सफल व्यबसायिक चलचित्रका कलाकारहरुको बाहुल्यता रहेको चलचित्र आभाषलाई यति बेला सबैले आफ्नो रोजाईको चलचित्र बनाएका छन् ।

पुष २५ गते प्रदर्शन हुन लागेको चलचित्र आभाषमा संयम पुरी,आष्मा डिसी,सलोन बस्नेत,निशा अधिकारी प्रकृति श्रेष्ठ,सुनिल रावल,गोविन्द शाही लगायतका कलाकारहरुले अभिनय गरेका छन् । क्रिएटिभ फिल्म एन्ड ग्लसी पिक्चर्सको ब्यानरमा निर्माण भएको फिल्म आभाषमा पुरुषोत्तम प्रधानको छायांकन, चन्द्र पन्तको द्धन्द्ध,सुरेन्द्र पौडेलको चलचित्रमा सम्पादन रहेको छ । यस अघि सार्वजनिक गरिएको टिजर,संगीत,ट्रेलरबाट उत्साहजनक प्रतिक्रिया पाएको आभाष यूनिटले पुष २५ गते दर्शकले चलचित्र आभाषलाई पनि रुचाउने निर्माण पक्षको आशा छ । चलचित्रमा गोविन्द शाही,पवन श्रेष्ठ र दिपक शाहीको लगानी रहेको छ ।

%d bloggers like this: