अमिताभ बच्चनले मोदी सरकारको ‘विज्ञापन’ नगर्ने बताएका छन् । उनले ट्वीट गरेर यस्तो बताएका हुन् । अमिताभले ट्विटरमा लेखेका छन्, ‘प्रधानमन्त्री कार्यालय र स्वयम् प्रधानमन्त्री मोदीले मलाई सरकारको कुनै विज्ञापनमा जोडिनको लागि भनेका छैनन् । विज्ञापनमा काम गर्ने भन्ने खबर पूरै झूटो हो । कृपया गल्ती सच्याउनुहोला । धन्यवाद !’ पछिल्ला केही दिनहरुमा सामाजिक सञ्जालहरुमा अमिताभ बच्चनले केन्द्र सरकारको विज्ञापनमा काम गर्ने खबर भाइरल भएको थियो । उक्त विज्ञापनमा अमिताभले मोदी धर्म निरपेक्ष रहेको सन्देश जाने विज्ञापन गर्ने हल्ला चलाइएको थियो । सञ्जालहरुमा स्वयम् मोदीले नै अमिताभसँग उक्त काम गर्नको लागि कुरा गरेको हल्ला समेत चलेको थियो । त्यसो त, यसभन्दा पहिला पनि अमिताभले ‘पोलियो उन्मुलन’ र ‘स्वच्छ भारत अभियान’ जस्ता सरकारी अभियानको ब्रान्ड एम्बासडर रही सकेका छन् ।
अमिताभले मोदी सरकारको ‘विज्ञापन’ नगर्ने
Byadmin
Jan 3, 2015Related Post
शिवरात्रीमा ‘लप्पन छप्पन २’ प्रदर्शनको तयारी
Sep 12, 2021
हरितालिका तीज : पहिले र अहिले
Sep 9, 2021