Tue. Apr 30th, 2024

timthumb

हाल प्रदर्शनरत बलिउड फिल्म पिकेको सिक्वेल बन्ने भएको छ । प्रदर्शनमा आउनु भन्दा अगाडी देखी नै विभिन्न कारणले चर्चा र बिबाद कमाएको बलिउड फिल्म पिकेमा अब आमिर खान नभई रणवी कपूर हुने स्रोतले जानकारी दिएको छ । त्यसैको तयारीका लागी यसका निर्देशक राजकुमार हिरानी जुटेका छन्। बलिउडका समाचार माध्यमले जानकारी दिए अनुसार हिरानी अहिले फिल्मको स्क्रिप्ट लेखनमा व्यस्त छन्। कथावस्तु पीकेको जस्तै हुनेछ। सिक्वेलको नाम भने तय भइसकेको छैन। तपाईहरुलाई एउटा कुरा थाहा नभएको पनि हुन सक्छ बलिउड अभिनेता रणवीर कपूर पिकेमा समेत देखिएका छन् । उनी चलचित्रको अन्तिममा मात्र देखिएका छन् ।

%d bloggers like this: