Thu. May 2nd, 2024

चर्चित कलाकार तथा निर्देशक मोहन निरौलाको निर्देशनमा निर्माण भएको चलचित्र ‘जन्मभूमी’को फष्टलुक पोष्टर रिलिज भएको छ । सार्वजनिक फष्टलुक पोष्टरमा चलचित्रका कलाकार देखी सर्वसाधारण मानिसहरूको समेत भीड देख्न सकिन्छ । सामाजिक कथामा राष्ट्र प्रेमलाइ मुख्य बिषयबस्तु निर्माण भएको चलचित्र जन्मभूमीमा निश्मा घिमिरे, अनु शाह, बिनोद श्रेष्ठ, जेबिका कार्की, अग्रिम गिरी, ओम प्रतिक, केशव भट्टराई, तथा निर्देशक मोहन निरौलाका साथै बाल कलाकार सौगात बिष्टले मुख्य भूमिकामा अभिनय गरेका छन ।

Janbhoomi-poster01

चलचित्रलाई युवराज राईले खिचेका हुन । चलचित्रमा शंकर विसीको कोरियोग्राफी रहेको छ । बिपिन मल्लको सम्पादन रहेको चलचित्रमा अष्ट महर्जनले द्वन्द्व निर्देशन गरेका छन । यस चलचित्रलाइ सुरज गिरीले निर्माण गरेका हुन । चलचित्रमा चेतन कार्की, पुण्य निरौला र शान्तिप्रियको गीत रहेको छ । यो चलचित्र आगामी वैशाख ११ गते लोकतन्त्र दिवसको अवसर पारेर रिलिज गर्ने तयारी रहेको चलचित्र जन्मभूमी राष्ट्रिय भावनाका साथै देशको माटोका कुरा, सामाजिक रुपमा राजनैतिक अतिक्रमणका साथै थिचो मिचो, बार्‍ह्य हस्तक्षेप तथा जनजिवनका विविध पक्षलाइ समेटेर निर्माण भएको निर्देशक मोहन निरौलाले बताए ।

%d bloggers like this: