Sat. Apr 20th, 2024

मंसिर १९ गते मात्र देशभर प्रदर्शनमा आएको चलचित्र नाईकेमा गुण्डा नाईकेको भुमिकामा देखिएका नायक आर्यन सिग्देलद्धारा अभिनित चलचित्र अलविदाको अफिसियल ट्रेलर रिलिज भएको छ । पुष २५ गते अलनेपाल रिलिजको तयारीमा रहेको चलचित्र अलविदाको सार्वजनिक अफिसियल ट्रेलरमा आर्यन सिग्देल,अनिता आचार्य ,हसन खान लगायतका कलाकारहरुको अभिनिय देख्न सकिन्छ । नायक आर्यन सिग्देलको चलचित्र अलविदामा खतरनाक एक्शन देख्न सकिन्छ । साथैं उनी पहिलो पटक चलचित्रमा मुस्लिम धर्ममा विश्वास गर्ने युवकको भूमिकामा देखिएका छन् ।

aalvidaमुस्लिम र हिन्दू समुदायको कथामा आधारित लक्ष्मण रिजालको निर्देशित चलचित्र ‘अलबिदा’मा आर्यन सिग्देल, हसन खान, अनिता आचार्य र नागेन्द्र रिजालको मुख्य भूमिका छ । एचआरके प्रोडक्सन हाउसको व्यानरमा निर्माण भएको यो फिल्मको कथा निर्माता तथा अभिनेता हसन खानले नै लेखेका हुन् । अभिनेत्री अनिता आचार्य चलचित्र अलविदामा मुस्लिम समुदायको युवतीको भूमिका निर्वाह गरेकी छिन् भने चलचित्रका निर्माता तथा कलाकार हसन खानले मुस्लिम समुदायको प्रतिनिधित्व गरेका छन् । चलचित्रमा अष्ट महर्जनको द्धन्दनिर्देशन, रामेश्वर कार्कीको छायांकन, लक्ष्मण रिजाल र विशाल सापकोटाको पटकथा तथा बिपिन मल्लको सम्पादन रहेको छ ।

भिडियो हेर्नका लागी तलको लिंकमा क्लिक गर्नुहोला । 

https://www.youtube.com/watch?v=QxTwZWq7KrI#t=62

%d bloggers like this: