Tue. Apr 30th, 2024

jacqueline definition of fear 2बलिउडमा लामो समय संघर्षपश्चात सलमान खानको हात पाएपछि चम्किएकी नायिका जैकलिन फर्नांडीस हलिउड चलचित्रमा पुगेकी छन् । सलमानका साथ अभिनय गरेको चलचित्र ‘किक’ ब्लक बस्टर भएपछि जैकलिन फर्नांडीसको करिअरले पनि गति लिएको हो । समाचारस्रोतका अनुसार उनले हलिउड चलचित्र ‘डेफिनेसन अफ फियर’ नामक चलचित्रमा अभिनय गरेकी छन् । जेम्स सिम्पसनद्वारा निर्देशित यस चलचित्रमा जैकलिन फर्नांडीसका साथै क्याथरिन ब्यारेल, मर्सेडेस पापालिय, ब्लेथे हब्बर्डलगायतका कलाकारको अभिनय रहेको छ । मनोवैज्ञानिक थ्रिलर एवं हरर यो चलचित्र क्यानडाको ओन्तारियोमा छायांकन गरिएको छ । आफू हलिउडसम्मको यात्रा तय गर्न सफल भएको जैकलिन फर्नांडीसले ट्विट गर्दै पुष्टि गरेकी हुन् । चलचित्र ‘किक’भन्दा अगाडि बलिउडमा उनलाई सामान्य नायिकाका रूपमा लिने गरिएको थियो । अहिले आफ्नो ‘डिमान्ड’ बढ्नुका साथै ठूला ब्यानरबाट पनि प्रस्ताव आउन थालेको उनले बताएकी छन् । उनले यसको श्रेय भने सलमान खानलाई नै दिएकी छन् ।

%d bloggers like this: