Wed. Apr 24th, 2024

रंग पत्रकारका रुपमा परिचित विजय सुवेदी आवाजले एक गायिका तथा मोडल सहिमा श्रेष्ठलाई प्रेममा पारि धोका दिए पछि यति बेला सहिमा विजयको प्रेममा पागल जस्तै भएकी छिन् । आफ्नो कमलबाट अरुको विछोडका कथा लेख्ने पत्रकार विजय आवाजले आज कसैलाई प्रेम गरेर धोका दिएका छन् । केटी पट्याउन र धोका दिन खप्पिस पत्रकार विजय सुवेदी ‘आवाज’ले प्रेम गरेर धोका दिएपछि गायिका तथा मोडल सहिमाले ‘बार बार दिलमा’ गीत गाउँदै आफुलाई सम्हाल्न खोजिरहेकी छिन् ।

bijaya aawaj (2)तर यो वास्तविक नभई एक म्युजिक भिडियोको लागी हो । लामो समय देखी रंग पत्रकारितामा कलम चलाउदैं आएका रंगपत्रकार विजय आवाजले सहिमाको श्रृङ्गार नामक एल्बममा समावेश बार बार दिलमा नामक गीतको म्युजिक भिडियोमा अभिनय गरेका छन् । भिडियोमा नै विजयले सहिमालाई सहन नसक्ने पिडा दिएका छन् । गायिका तथा मोडल सहिमा श्रेष्ठको आवाजमा रहेको बार बार दिलमा नामक गीतको म्युजिक भिडियोमा सहिमा र पत्रकार विजय आवाज देखिएका छन् । आज काठमाडौंको धापाखेलमा छायांकन गरिएको उक्त गीतलाई समन अधिकारीले निर्देशन गरेका छन् भने शिवराम श्रेष्ठले खिचेका छन ।

bijaya aawaj (1)भिडियोले प्रेममा फसाएर एक यूवकले धोका दिएपछि यूवतीको पिडा परेको कथा बोकेको छ । मनोरञ्जन संसारडटकम सगँ संक्षिप्त कुराकानी गर्दै पत्रकार विजय सुवेदी आवाजले पहिलोपटक भिडियोमा काम गर्दा रमाइलो लागेको बताउँदै भिडियोमा काम गर्दा रमाइलो र फरक अुनुभती भएको पनि बताए । अझै राम्रो गीतबाट अफर आए अरु पनि म्युजिक भिडियोमा खेल्ने विजयले इच्छा व्यक्त गरे । उक्त म्युजिक भिडियो चाडैं बजारमा ल्याइने बताइएको छ ।

%d bloggers like this: