Tue. Apr 30th, 2024

तरकारीमा विषादी प्रयोग भएपछि विभिन्न त्रास उत्पन्न भइरहेको बेला अब सोहि विषय बस्तुमा केन्द्रित भएर चलचित्र निर्माण हुने भएको छ । कृषि मन्त्र नामक चलचित्रबाट जनचेतना फैलाउँने हिसाबले चलचित्र निर्माण गरिने लागिएको छ । फिल्म हेरेपछि विषादीविरुद्ध जनचेतना बढ्ने हेतुका साथ लायन्स क्लब अफ पोखरा सेन्ट्रल टाउनले हरियो तरकारी र फलफूलमा प्रयोग भइरहेको विषादी र त्यसले जनस्वास्थ्यमा पार्ने प्रभाव बुझाउन फिल्म निर्माण थालेको हो।

movieमाघ १ गतेसम्म सुटिङ सुरु हुने बताइएको चलचित्र कृषि मन्त्र ३५ लाखको लगानीमा सम्पन्न हुने क्लबका चण्डीप्रसाद अर्यालले बताए । कास्कीको लामाचौरमा छायांकन हुने उक्त कृषि सम्बन्धी जनचेतना मुलुक चलचित्र कृषि मन्त्रको हिजो औपचारिक रुपमा भागवत भाष्कर पण्डित कमलनयन गौतमद्वारा दीप प्रज्ज्वलन र शुभ साइत श्लोक वाचनपछि फिल्मको सुटिङ उद्घाटन गरिएको छ । फिल्म हेरेपछि विषादीको प्रयोगमा कमी ल्याउन सघाई जनस्वास्थ्यमा पर्ने असर विस्तारै कम हुँदै जाने निर्माण पक्षले विस्वाश राखेको छ ।

%d bloggers like this: