Sat. May 4th, 2024

अर्थवाइल्ड फिल्म कम्पनीको व्यानरमा अवधी समुदायका बालिकाहरुको बिषयबस्तुमा आधारित चलचित्र ‘द बुक अफ मुनिया’ निर्माण हुने भएको छ । भोली देखी छायांकन सुरु हुने ‘द बुक अफ मुनिया’ले अवधी समुदायहरुमा बालिकाहरुले विवाह पश्चात परिवारबाट झेल्नुपर्ने समस्या, उनीहरुका चाहाना तथा समस्याका विराकल रुपलाई देखाइने बताइएको छ । बाँकेको बनकटी गाविसको विभिन्न ठाउँहरुमा फिल्मको छायांकन हुन लागेको निर्माता रवी पटेलले जानकारी दिएका छन् ।

the-book-of-muniyaयो फिल्मलाई हारुन अलीले निर्देशन गर्न लागेका हुन् । चलचित्र ‘द बुक अफ मुनिया’ मा ‘ढुवानी’मा अभिनय गरिसकेकी आरती बर्मा, प्रकाश नेपालीका साथै कलाकार बिरेन्द्र यादव, अभिन्दन सोनीको मुख्य अभिनय रहने यो चलचित्रबाट भीष्म लोध प्रमुख कलाकारको रुपमा डेब्यु गर्दैछन् । १० लाखको लगानीमा बन्न लागेको चलचित्रको छायांकन १० दिनमा पुरा हुने छ ।

%d bloggers like this: