Sat. Oct 26th, 2024

ileana-d-cruz-3_0हैप्पी न्यू ईयर चलचित्र सफल हुदै गएको अबस्थामा बलिउडका बादशाह शाहरुख खान यति बेला दर्शकका आखाँमा निकै मज्जाले छाउदै गएका छन् । त्यहि क्रममा उनको पछिल्लो चलचित्र फैन मा इलियाना डी क्रूज काम गर्दै छिन् भन्ने कुरा धेरै चल्यो तर अब उक्त चलचित्रमा उनी काम नगर्ने भएकी छिन् । उनले भनेकी छिन् म शाहरुख खान सगँ उक्त फिल्ममा खेल्दै छु भन्ने हल्ला बाहिर आयो तर त्यो होइन मलाई उक्त चलचित्रबाट अफर नै आएको छैन । अरु नायिका जस्तै इलियाना पनि शाहरुख खान सगँ फिल्ममा काम गर्न चाहान्छिन् तर उनलई फिल्मको स्क्रिप्ट निकै महत्वपुर्ण हुन्छ । यदि चलचित्रको कथा वस्तु र आफुले अभिनय गर्ने पात्र राम्रो भए मात्र इलियाना फिल्ममा काम गर्ने गरेकी छिन् । भारतको गोवामा बस्दै आएकी इलियान हाल हैप्पी एडिन को प्रमोशनमा व्यस्त छिन् । उनले बर्फी, मै तेरा हीरो र फटा पोस्टर निकला हीरोमा काम गरी सकेकी छिन् ।