सानै देखी निकै मिजासिलो स्वभाबका,कहिले पनि नरिसाउने सधै ओठमा मुस्कान मात्र हुन्थे जनकवि जनकविकेशरी धर्मराज थापाको । बाटुलेचौर, कास्कीमा जमिएर निजामती मध्यम परीक्षामा प्रथम भएका जनकवि जनकविकेशरी धर्मराज थापाको आज ९१ वर्षको उमेरमा निधन भएको छ ।
स्वयम्भूस्थित निवासमा उनको आज विहान मात्र निधन भएको हो । जनकविकेशरी धर्मराज थापालाई नेपाल प्रज्ञा प्रतिष्ठान प्राङ्गणमा प्रधानमन्त्री, मन्त्री, नेता, कलाकार र शुभेच्छुकहरुले अन्तिम श्रद्धाञ्जलि दिएका छन्। अन्तिम श्रद्धाञ्जलिका लागि उनको पार्थिव शरीर बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म प्रज्ञा प्रतिष्ठानमा राखिएको थियो।
श्रद्धाञ्जलिका लागि एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल,उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतम,पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई,मुख्य सचिव लीलामणि पौड्याल,एमाले सचिव प्रदीप ज्ञवाली,शभ्मुजित बाँस्कोटा,लोक गायक कुमार बस्नेत,गायिका कोमल ओली,पूर्व अर्थमन्त्री शंकर कोइराला,प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल लगायतले जनकविकेशरी धर्मराज थापालाई अन्तिम श्रदाञ्जली दिएका थिए ।
को हुन् जनकविकेशरी धर्मराज थापा ?