Tue. Apr 30th, 2024

कात्तिक १४ गते अलनेपाल रिलिजको तयारीमा रहेको चलचित्र टलकजंग भर्सेस् टुल्केको ट्रेलर सार्वजनिक भएको छ । पहिलो चलचित्र ‘लुट’ निर्देशन गरेर राम्रो प्रशंसा कमाउन सफल निश्चल बस्नेतले यस चलचित्रलाई निर्देशन गरेका हुन् । हिजो काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि चलचित्र टलकजंग भर्सेस् टुल्केको ट्रेलर सार्वजनिक गरिएको थियो । २ मिनेट १५ सेकेण्ड लामो चलचित्रको ट्रेलरमा चलचित्रका सबै पात्रहरु भिन्ना भिन्नै रुपमा देखिएका छन् ।

talakjung-vs-tulke-posterचलचित्रमा खगेन्द्र लामिछाने, दयाहाङ राई, ऋचा शर्मा, शुशांक मैनाली, रबिन्द्र सिंह बानियाँ, प्रकाश घिमीरे, रजनी गुरुङ, बुद्धि तामाङ, राज थापा, जुनु विष्ट लगायतका कलाकारले अभिनय गरेका छन्। एक नेपाली सोझो गाउँले युवाले आफ्नो गुमेको पहिचाहन खोज्न गरेको संघर्ष कथा र उसले समाजलाई हेर्ने दृष्टिकोणलाई हाँस्य-रसमा देखाउन खोजिएको चलचित्र ‘टकलजंग भर्सेस टुल्के’ रहेको चलचित्रका निर्देशक निश्चल बस्नेतले बताए । पहिलो पटक नायिका ऋचा शर्मा थारु युवतीको भुमिकामा देखिएकी छिन् । यो चलचित्र षट्कोण आर्टस् र ब्ल्याकहर्स पिक्चर्सको संयुक्त व्यानरमा निर्माण भएको हो । चलचित्रलाई रामकुमार बानियाँ, रोजिना सिटौला र सिता श्रेष्ठ ले सुयुक्त रुपमा लगानी गरेका छन् ।

भिडियो हेर्नका लागी तलको लिंकमा क्लिक गर्नुहोला । 

https://www.youtube.com/watch?v=QO3cIdKhPgc#t=99

%d bloggers like this: