Fri. Apr 19th, 2024

कात्तिक ३ गते हङकङमा हुन लागेको सातौं नेफ्टा फिल्म अवार्डको तयारीका लागी नेपाली कलाकार यति बेला नृत्य सिक्नमा व्यस्त देखिएका छन् । आज काठमाडौंको अल्फा हाउसमा देखिएको दृश्य देख्दा सजिलै अनुमान लगाउन सकिन्छ कि हङकङमा हुन लागेको नेफ्टा अवार्ड निकै भब्यताका साथ सम्पन्न हुन्छ । त्यसैले होला उक्त अवार्ड समारोह भब्य बनाउनका लागी यति बेला नेपालका चर्चित कलाकारहरु नृत्य सिक्न व्यस्त देखिएका छन् । हङकङमा हुन लागेको सातौं नेफ्टा फिल्म अवार्ड स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठको सम्झनामा हुने छ । जसमा श्रीकृष्णलाई श्रद्धाञ्जली स्वरुप महानायक राजेश हमालले १० मिनेट लामो कविता बाचन गर्ने छन् भने विभिन्न नेपाली चर्चित कलाकारहरुले श्रीकृष्ण श्रेष्ठले अभिनय गरेका चलचित्रको गीतमा नृत्य गर्नेछन् ।

jiwan-gharnaत्यसैको तयारी स्वरुप अहिले काठमाडौंको अल्फा हाउसमा नृत्य निर्देशक वसन्त श्रेष्ठले कलाकारलाई नृत्य सिकाउन व्यस्त देखिएका छन् । जीवन लुईंटेल,सौगात मल्ल,झरना थापा,नन्दिता केसी,दीलिप रायमाझी, केकी अधिकारी, सुदर्शन थापा, गौरव पहारी, निता ढुंगाना, पूजा शर्मा,मलिना जोशी, अर्पण थापा लगायतले सातौं नेफ्टा फिल्म अवार्डमा नृत्यका साथै गीत प्रस्तुत गर्ने छन् । नृत्य प्रशिक्षण अझै १ साता चल्ने नेफ्टा आयोजक समितिले बताएको छ । सोहि क्रममा नेफ्टा अवार्डबाट करिश्मा मानन्धरलाई सदाबाहार नायिकाको घोषणा पनि गरिने भएको छ ।

nefta-awardनेफ्टा अवार्डलाई रिद्धी सिद्धी ज्वेलर्सले ब्रान्ड ईन्डोर्सको रुपमा सहकार्य गर्दैछ । रिद्धी सिद्धी ज्वेलर्स हङकङमा हुने नेफ्टा अवार्डको मुख्य प्रायोजक हुने छ । कात्तिक १ गते अवार्डका लागि कलाकारहरु हङकङ जाने कार्यक्रम रहेको छ । कार्यक्रममा सञ्चारमन्त्री मिनेन्द्र रिजाल र एनआरएन अध्यक्ष शेष घले बिशेष अतिथी रहने नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष मनोज केसीले बताए । नेपालको तर्फबाट निर्माता सुनिल कुमार थापाको कम्पनी एस.के.थापा प्रोडक्सन र हङकङ तर्फबाट विनय शाहको संयोजकत्वमा रहेको कम्पनी ग्रेट पर्फेक्ट लिमिटेडले चलचित्र प्राविधिक संघ संग सहकार्य गरि सो अवार्ड हङकङमा हुन लागेको हो । कात्तिक ३ गते हङकङमा हुने उक्त कार्यक्रममा करिब २०० जना नेपाली कलाकारहरु हङकङ जाने छन् । त्यो व्यबस्था रिद्धी सिद्धी ज्वेलर्सले मिलाउने छ । यस संस्करणका लागि कुल ३४ विधामा मनोनयन सार्वजनिक गरेको छ । यस भन्दा अघि नेपाल चलचित्र प्रबिधिक संघका अध्यक्ष मनोज केसीको अध्यक्षतामा मलेसियामा नेफ्टा अवार्ड सम्पन्न भएको थियो । चलचित्रमा कार्यरत प्राविधिकहरुको हकहितमा लागी लड्दै आएकोे नेपाल चलचित्र प्रबिधिक संघले विभिन्न देशहरुमा यस अघि पनि नेफ्टा अवार्ड सम्पन्न गरिसकेको छ ।

%d bloggers like this: