Tue. Apr 30th, 2024

Bang_Bang_posterबलिउड बक्सअफिसमा पछिल्लो समयमा निकै सफल चलचित्रहरु भित्रिरहेको अबस्थामा अक्टुवर २ गते देखी प्रदर्शन सुरु भएको बलिउड अभिनेता ऋतिक रोशन अभिनित चलचित्र ‘ब्यांग ब्यांग’ ले बलिउड बक्स अफिसमा दुई दिनमा नै ५० करोड भन्दा माथिको व्यापार गर्न सफल भएको छ । चलचित्रले पहिलो दिन २७.५४ करोडको व्यापार र दोस्रो दिन २४.०८ करोड कमाउन सफलभएको छ । चलचित्रमा ऋतिक र कैटरीना मुख्य भुमिकामा देखिएका छन् । चलचित्रलाई सिद्धार्थ आनन्दले निर्देशन गरेका हुन् । चलचित्रले अब आउने आईतवार सम्ममा १०० करोड पार गर्ने अनुमान लिइएको छ । चलचित्रले प्रदर्शन अबधिभर सम्ममा करिब ३०० करोड कमाउने अनुमान छ ।

%d bloggers like this: