Mon. Apr 29th, 2024

काठमाडौं / अभिनेता दयाहाङ राई र अभिनेत्री आँचल शर्माको मुख्य भुमिका रहेको चलचित्र ‘डिग्री माइला’को लिरिकल गीत किन सार्वजनिक भएको छ । सार्वजनिक गीतको शब्द रचना, कम्पोज तथा गायन हेमन्त रानाको हो । यो गीतमा दयाहाङ र आँचलबीचको नोकझोकलाई प्रस्तुत गरिएको ।

रामबाबु गुरुङ निर्देशित चलचित्रले ट्रेलर रिलिज भएयता आफ्नो चर्चालाई चुल्याएको छ । ट्रेलरमा चित्रित भएका दयाहाङको डिग्री माइला चरित्रको स्वभावगत शैलीले दर्शकहरुलाई आफूतीर आकर्षित गरिरहेको छ । चलचित्रमा आँचल शर्मा दयाको जोडी बनेकी छन् । यो चलचित्रलाइै वर्षकै प्रतिक्षित सिनेमाको रुपमा हेरिएको छ ।

बाँसुरी फिल्मस्को ब्यानरमा निर्माण भएको यो चलचित्रले मास्टर डिग्री पास गरेका एक शैक्षिक बेरोजगारको कथा पेसगर्छ । यही नाममाथि अभिनेता दयाहाङको निर्देशनमा केही वर्ष अगाडि नाटकसमेत प्रदर्शन भइसकेको छ । चलचित्र सोही नामको नाटकमा आधारित रहेको छ ।

बाँसुरी फिल्मस्ले कबड्डी फिल्मस् तथा सुस्मा फिल्मस्सँग मिलेर चलचित्रको निर्माण गरेको हो । चलचित्रमा दयाहाङ र आँचलका अलवा विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरेलगायतको अभिनय गर्नेछ । चलचित्रले ‘किन चाउरिस मरिच आफ्नै रागले’ भन्ने चर्चित नेपाली उखानलाई आफ्नो ट्यागलाइन बनाएको छ ।

चलचित्र आगामी चैत्र ३० गतेबाट नेपाली नयाँ वर्षको अवसर पारेर रिलिज हुनेछ । चलचित्रका निर्माताहरु विशाल गुरुङ, मणिराम पोखरेल, मधु मिजार तथा सुष्मा गुरुङ तथा कार्यकारी निर्माता क्रिश लामा हुन् । चलचित्रमा निमेष श्रेष्ठको सम्पादन तथा रोहित शाक्यको ब्याकग्राउण्ड म्यूजिक रहेको छ । चलचित्रलाई दुई क्यामराम्यान शिवराम श्रेष्ठ तथा राइली एस शिनले खिचेका छन् ।

Leave a Reply

%d bloggers like this: