Tue. Apr 30th, 2024

काठमाडौं / अभिनेता धिरज मगर र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भुमिका रहने सिनेमा ‘रुमानी रङ्ग’को लागि अस्ट्रेलियामा विदेशि कलाकारको छनोट गरिने भएको छ ।

सिनेमा लागि अष्ट्रेलियामा दोस्रो मुख्य भूमिकामा काम गर्ने अभिनेत्री अष्ट्रेलियन नागरिकको अडिसन हुने भएको हो । अन्य ५ जना विदेशी कलाकारका पनि अडिसन छानिने छन् ।

‘हालसम्म २१६ जना अष्ट्रेलियन नागरिकले अनलाइन मार्फत आवेदन दिएका छन् भने छिटै नै २१६ जनाबाट टप १० छानिने र त्यही टप १० बाट एक जनालाई दोस्रो मुख्य अभिनेत्री छनौट गरिने छ । सिनेमाको लागि अष्ट्रेलियाको लाइन प्रोड्युसर कम्पनी डीब्वाइज इन्टरटेनमेन्टले हेर्दै छन ।

सिनेमाको अडिसनको बारेमा निर्माता तथा प्रस्तुतकर्ता जिएम ठकुरीले अष्ट्रेलियाबाट चाँडै नै सम्पुर्ण कलाकारको छनौट गरिने बताए । यो सिनेमालाई अनिल योञ्जनले निर्देशन गर्नेछन् । सिनेमाको पटकथा र संवाद पनि उनी स्वंयमले लेखेका हुन् ।

एक्सन सिनेमा ‘लाखे’ निर्माण गरेको ग्लोबल मिडियाको यो दोस्रो फिचर सिनेमा हो । आविष्कार बहुसञ्चार प्रालिको सहकार्यमा यो सिनेमा निर्माण हुँदैछ । यो सिनेमालाई नेपालमा काफिया फिल्मस् र कुँबेर सिने फिल्मस्ले प्रदर्शन गर्नेछन् ।

Leave a Reply

%d bloggers like this: