Tue. May 7th, 2024

काठमाडौं / ‘जात्रा’ सिक्वलको तेश्रो श्रृखंला ‘महाजात्रा’को ट्रेलर रिलिज भएको छ। सार्वजनिक ट्रेलरले चलचित्र कमेडीले भरिएको देखाएको छ ।

यसपटक चलचित्रका शीर्ष तीन पात्र फणिन्द्र, मुन्ना र जोयसले यसपटक भ्रष्ट नेताको कालो धन लुकाउने क्रमको लुकामारीलाई कथा बनाएको ट्रेलरले देखाएको छ । योसँगै ट्रेलरमा उनीहरुले कालोधन लुकाउनेक्रममा सहयोग गर्छन् वा विद्रोह गर्छन् भन्ने प्रश्न पनि ट्रेलरमा देख्न सकिन्छ।

‘जात्रा’को सिक्वलको ट्रेलरमा चलचित्रमा कमेडीसँगै ड्रामाको समिश्रण रहेको बुझ्न सकिन्छ। प्रदीप भट्टाराई लिखित तथा निर्देशित चलचित्र चैत ९ गते रिलिज हुँदैछ।

चलचित्रमा विपिन कार्की, रविन्द्रसिंह बानियाँ र रविन्द्र झाको शीर्ष भूमिका छ । चलचित्रमा हरिवंश आचार्यले खलपात्रको भूमिका निर्वाह गरेका छन् । वर्षा राउत, प्रवीण खतिवडा, शिशिर बाङ्देल, दिव्यदेव पन्त, गौमाया गुरुङ, प्रकाश घिमिरे र पुष्कर गुरुङको चलचित्रमा अभिनय छ ।

चलचित्रले वक्सअफिसमा उत्साहजनक व्यापार गर्ने आशा राखिएको छ । म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलको संयूक्त निर्माण रहेको चलचित्रको डायस्पोरा प्रदर्शन अधिकार एमएसएम इन्टरटेनमेन्टले लिएको छ ।

जित बहादुर रुवाली एसोसियट निर्देशक रहेको चलचित्रमा पुरुषोत्तम प्रधान छायाँकन, कुमार महर्जन द्वन्द्व निर्देशन, कविराज गहतराज नृत्य निर्देशन तथा आशिष अविरल संगीत, रूपकप्रताप अधिकारी प्रोडक्सन डिजाइनर रहेका छन् ।

Leave a Reply

%d bloggers like this: