Thu. Feb 29th, 2024

काठमाडौं । एक्सन स्टार विराज भट्टले आफ्नो नयाँ सिनेमा ‘१२ गाउँ’ बनाउने पक्का भएको छ । सिनेमा एक्सन थ्रिलर जनरामा बन्नेछ ।

सन्तोष सरकारको कथा तथा पटकथामा अभिनेता विराज प्रमुख भूमिकामा देखिनेछन् । सिनेमालाई विराज आफैंले निर्देशन गर्नेछन् । सिनेमामा रहने अन्य कलाकारको जानकारी केही दिनमा सार्वजनिक गर्ने तयारी विराजको छ ।

सन् २०२४ मा रिलिज हुने सिनेमामा विराजले नेपाली सिनेमा इतिहासकै उच्च स्तरीय एक्सन पस्किने तयारी गरेका छन् । उनले यसलाई अन्तर्रराष्ट्रिय स्तरमा लैजाने गरी तयारी गरिरहेका छन् । नेपाली सिनेमामा एक्सन भूमिकाहरुबाटै सुपरस्टार बनेका विराज पछिल्लो समय भोजपुरी सिनेमामा व्यस्त छन् । उनी भोजपुरी सिनेमाका ‘ए’ लिस्टर स्टार हुन् ।

सिनेमामा ‘रियल एक्सन स्टार’का रुपमा परिचित विराजले आफ्नो सोही छविलाई ‘१२ गाउँ’बाट अझ एक कदम अगाडि लैजाने बताइन्छ । यसअघि ‘साङ्लो’ निर्माण तथा निर्देशन गरेका विराजको यो दोश्रो प्रस्तुति ‘१२ गाउँ’ बिग बजेटमा तयार हुनेछ ।

‘१२ गाउँ’ सिनेमा विराजको होमप्रोडकसन कम्पनी विराज भट्ट फिल्म प्रोडक्सन कम्पनीको ब्यानरमा तयार हुनेछ । विराजले यो सिनेमालाई आफ्नो करियरको महत्वाकांक्षी सिनेमा मानेका छन् ।

Leave a Reply

%d bloggers like this: