Tue. Apr 30th, 2024

काठमाडौं । अभिनेता प्रदिप खड्काको नयाँ सिनेमाको घोषणा भएको छ । उनको नयाँ सिनेमाको नाम ‘ऐरी’ हो । एक भिडियोमार्फत सिनेमाको शीर्षक घोषणा गरिएको हो ।

सिनेमाको नामसँगै सो भिडियो प्रदिपले अभिनय गर्ने पात्रको लुक पनि सार्वजनिक गरिएको छ । सो लुकमा प्रदिपलाई टाउकोमा खुकुरी सहित गुथिएको फेटामा देख्न सकिन्छ ।

‘ऐरी’ शब्दको अर्थ सिकारी हो । टाइटल एनिमेसनमा बाघ र बाघको पन्जाको नङ्ग्राले पार्ने घाउहरुलाई प्रस्तुत गरिएको छ । यो भिडियोले सिनेमाको कथा बाघको सिकारको सेरोफेरोमा बन्ने संकेत गरेको छ ।

सिनेमालाई भारतीय सिनेमाका वितरक सुवास काले, प्रशान्त कुँवर गुप्ता र राजव कुँवरको लगानी रहनेछ । जीवन थापा सिनेमाका निर्देशक हुन् ।

आगामी वर्ष रिलिज हुने सिनेमा ठूलो बजेटमा तयार हुने बताइएको छ भने यो सिनेमा अभिनेता खड्काको पहिलो बलिउड सिनेमा हुनेछ । ‘प्रेमगीत-३’ को हिन्दी डब भारतमा रिलिज भएपछि सोका वितरक सुवास कालेले प्रदिपसँग हिन्दी सिनेमा बनाउने बताउँदै आएका थिए । यसैका लागि प्रदिपले ‘प्रेमगीत-३’ पछि निक्कै बाक्लो मात्रामा मुम्बई आउजाउँ गरिरहेका थिए ।

हिन्दीसँगै यो सिनेमा नेपाली तथा तमिल भाषामा समेत रिलिज हुने जानकारी निर्माणपक्षले दिएको छ ।

Leave a Reply

%d bloggers like this: