Sun. May 12th, 2024

 काठमाडौं / आईसीसी टी-२० विश्वकपको एसिया छनोटमा मंगलबार सिंगापुरलाई ८ विकेटले पराजित गर्दै सानदार सुरुवात गरेको नेपालका ओपनर कुशल भुर्तेलले ‘दिमाग खराब म्यान अफ द म्याच’को पुरस्कार जितेका छन् । निर्माता रौनक विक्रम कडेलले भुर्तेललाई पुरस्कार हस्तान्तरण गरेका हुन् ।

यता ‘दिमाग खराब बेस्ट सर्ट अफ द डे’को पुरस्कार पनि ओपनर कुशल भुर्तेलले नै जितेका छन् । यो पुरस्कार कार्यकारी निर्माता सुरज बम ठकुरीले हस्तान्तरण गरेका थिए । नेपाली खेलाडीले मात्र पाउने पुरस्कारको छनोट गर्ने सम्पूर्ण अधिकार सिनेमाको टिमले नेपाल क्रिकेट संघ क्यानलाई दिइएको छ । त्यही अनुरुप नै कुशल भुर्तेललाई आजको पुरस्कार प्रदान गरिएको निर्माता कडेलले बताए ।

सिनेमाको टिमले क्यानसँग मिलेर ‘कात्तिक २४ गते दिमाग खराब हेरौं, नेपाली क्रिकेट टिमलाई सहयोग गरौं’ भन्ने स्लोगन पनि बनाएको छ ।

सिनेमा आर्ट्स र ब्ल्याक हर्स पिक्चर्सको निर्माण रहेको सिनेमामा खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अपर्ण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, रमा थपलिया, गौरभी आरएल सिंह, गीत अधिकारी, कृष्णभक्त महर्जन, धीरज भट्ट, राहुल सिवाकोटी, नविन खड्कालगायतको पनि अभिनय छ ।

निर्देशक निश्चल बस्नेत र भिनेत्री सुपुष्पा भट्ट पनि सिनेमाको एक गीतमा विशेष भुमिकामा देखिएका छन् । निर्देशक बस्नेतले ६ वर्षपछि निर्देशनमा कमब्याक गरेकाले पनि दर्शक सिनेमाको व्यग्र प्रतिक्षामा छन् । आकाश बरालको लेखन र मनोज पण्डित स्क्रिप्ट डाक्टर रहेको सिनेमा राजनीतिक विषयमा केन्द्रित रहेर निर्माण भएको हो ।

सिनेमामा रौनक विक्रम कडेल निर्माता र सुरज बम ठकुरी कार्यकारी निर्माताको रुपमा रहेका छन् । सिनेमामा सुसन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन, जयन के बाइबा र बाबुल गिरीको संगीत, राजकुमार उप्रेतीको द्वन्द्व निर्देशन तथा रोहित शाक्यको ब्याकग्राउन्ड स्कोर छ । सिनेमालाई काठमाडौं भित्र गोविन्द शाहीको काफिया फिल्मस् र मोफसलमा मनोज राठी र उज्वल पौडेलले वितरण गर्दैछन् ।

Leave a Reply

%d bloggers like this: