काठमाडाैँ । ‘भष्मे डन’ को आधिकारिक पोस्टर सार्वजनिक भएको छ। पोस्टरमा चलचित्रका प्रमुख पात्र ‘भष्मे डन’ को भूमिकामा अभिनय गर्नुभएका विपिन कार्कीलाई चित्रण गरिएको छ। त्यस्तै दोस्रो पोस्टरमा विपिनसँगै अन्य पात्रलाई पनि चित्रण गरिएको छ।

सौगात मल्ल, स्वस्तिमा खड्का, प्रकाश घिमिरे, रवीन्द्रसिंह बानियाँ, माओत्से गुरुङलगायतलाई पोस्टरमा चित्रण गरिएको छ। खगेन्द्र लामिछानेको निर्माण कम्पनी टुकी आर्ट्सको ब्यानरमा दीपेन्द्र के खनालले चलचित्र निर्देशन गरेका छन्। पोस्टरमा चलचित्रको प्रदर्शन मिति आगामी दसैँमा रहेको उल्लेख छ।

Leave a Reply

Back To Top