Sun. May 19th, 2024

काठमाडाैँ । नेपाली चलचित्र ‘गुराँस’ युरोपको प्रतिष्ठित महोत्सव ‘दी कार्लोभी भ्यारी’ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा निर्णायकको तर्फबाट प्रदान गरिने ‘जुरी अवार्ड’ जितेको छ ।

चेक रिपब्लिकमा आयोजित महोत्सवमा यही असार २० गते गरिएको विशेष प्रदर्शनीमै चर्चा बटुलेपछि आफूहरू उत्साहित भएको निर्देशक सौरभ राईले जानकारी दिए ।

उनले भने,“पहिलोपटक गरिएको प्रदर्शनीमै पुरस्कृत हुँदा हामी उत्साहित भएका छौँ । यसले हामीलाई नियमित प्रदर्शनका लागि समेत हौसला थपेको छ ।”

सो प्रदर्शनीमा चलचित्रकी अभिनेत्री मेनुका प्रधान पनि सहभागी भएकी थिइन् । रङ्गमञ्चमार्फत कलाकारितामा उदाएर चलचित्रमा छुट्टै पहिचान स्थापित गरेकी अभिनेत्री प्रधानले महोत्सवमा सहभागिता जनाउनु आफ्ना लागि नयाँ अनुभव रहेको प्रतिक्रिया दिइन् ।

नेपाल र भारतको संयुक्त प्रस्तुतिमा बनेको चलचित्रमा हराएको कुकुरको खोजीमा निस्किएकी १० वर्षीया बालिकाको आँखाबाट कथा प्रस्तुत गरिएको छ ।

दार्जिलिङको बदलिँदो आर्थिक र सामाजिक सम्बन्धलाई समेत प्रस्तुत गरिएको चलचित्र लेखन निर्देशक राईले नै गरेका छन् । चलचित्रमा तुलसी खवासले ‘गुराँस’को शीर्ष भूमिका र अभिनेता खगेन्द्र लामिछानेले पिताको भूमिका निर्वाह गरेका छन् ।

Leave a Reply

%d bloggers like this: