काठमाडौं । नेपाली कथानक चलचित्र ‘नीरफूल’ र ‘वेल कम टु हेम्जाकोट’ आजबाट प्रदर्शनमा आएका छन् ।
फूलमान बल निर्देशित चलचित्र ‘नीरफूल’ र सरोज पौडेलको निर्देशन रहेकाे ‘वेल कम टु हेम्जाकोट’ आजबाट देशभरका हलमा एकसाथ प्रदर्शनमा आएको हुन् ।
पाँच वर्ष अगाडि खिचिएको सिनेमाको कोभिड–१९ का कारण रिलिज पछाडि धकेलिएको थियो । परिवारको खुसीका लागि परदेश गएका बेला नेपालमा आएको भूकम्पले परिवार तहसनहस पारेको कथा सिनेमाले भन्छ ।
दयाहाङ भन्छन्– मैले वर्षौंदेखि खोजेको सिनेमा यस्तै हो
चलचित्रमा दयाहाङ राई, जिग्मे छोकी घिसिङ, शान्ति वाइवा, राजन खतिवाडा, बुद्दि तामाङ, पुस्कर गुरुङलगायत कलाकारको अभिनय छ ।
‘वेल कम टु हेम्जाकोट’ समसामयिक कथामा कमेडी शैली मिश्रण गरेर प्रस्तुत गरिएको सिनेमा हो । यसले वैदेशिक रोजगारी, वेरोजगारीले निम्त्याउने समस्या, अन्तरजातिय प्रेममा आउने उतार चढावलगायतका विषयवस्त उठान गरेको छ ।
क्लोजअप सिने प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको सिनेमा तेजप्रसाद दाहाल, जितेन्द्र गिरी, बाबुराम कार्की, सुमन खड्काको लगानीमा निर्माण भएको सिनेमामा सरोज पौडेलको लेखन तथा निर्देशन छ ।
सिनेमामा बुद्दि तामाङ, विनोद न्यौपाने, दिनेश खड्का, प्रदीप ढकाल, सन्दिप सिग्देललगायत कलाकारको अभिनय छ ।