Mon. May 6th, 2024

काठमाडाैँ । फिल्म ‘दिमाग खराब’ को छायांकन सुरु भएको छ । निश्चल बस्नेतको निर्देशन रहन फिल्मको सोमबार काठमाडौँको बुढानीलकण्ठ मन्दिरमा मुहूर्त गर्दै काभ्रेबाट छायांकन सुरु भएको हो ।

अहिलेसम्म फिल्म छायांकनको ३५दिनको सेड्युल रहेको छ । फिल्म जनता र शक्तिको कथामा बन्ने बताइएको छ ।

‘दिमाग खराब’मार्फत निर्देशक बस्नेत ६ वर्षपछि निर्देशनमा फर्किएका छन् । उनले २०१७ मा ‘लुट २’ निर्देशन गरेका थिए । उक्त फिल्म सुपरहिट भएको थियो ।

यसअघि नै फिल्म कार्तिक २४ गते रिलिज हुने जानकारी दिइएको छ । फिल्ममा खगेन्द्र लामिछाने, दयाहाङ राई, अर्पण थापा, स्वस्तिमा खड्का र विजय बरालको मुख्य भूमिका रहनेछ ।

फिल्मको कथा भने आकाश बरालले लेखेका हुन् । ब्ल्याक हर्स पिक्चर्स र सिनेमा आर्टस्को ब्यानरमा निर्माण कालीप्रसाद बाँस्कोटाको संगीत रहनेछ । फिल्मको निर्मातामा रौनक विक्रम कँडेल र कार्यकारी निर्मातामा सुरज बम ठकुरी छन् ।

त्यस्तै, फिल्मको काठमाडाैँ उपत्यकामा वितरणको जिम्मा गोविन्द शाही अध्यक्ष रहेको काफिया फिल्म्स पाएको छ ।

Leave a Reply

%d bloggers like this: