Fri. May 3rd, 2024

काठमाडाैँ । राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार पत्रकार राजन घिमिरेलाई प्रदान गरिएको छ ।

चलचित्र पत्रकार सङ्घ मकवानपुरद्वारा शनिबार हेटौँडामा आयोजित समारोहमा उनलाई सम्मान गरिएको हो । पुरस्कारको राशि रु १० हजार रहेको छ । घिमिरे तीन दशकदेखि चलचित्र पत्रकारिताको क्षेत्रमा सक्रिय छन् ।

यस्तै सङ्घले पत्रकार पोष्टराज अधिकारीलाई पनि चलचित्र पत्रकारिता पुरस्कारबाट सम्मानित गरेको छ । उनि पनि दुई दशकदेखि चलचित्र पत्रकारिता  गर्दै आएका छन् । पुरस्कारको राशि रु पाँच हजार रहेको छ ।

यसैगरी, सोही समारोहमा चलचित्रकर्मी सम्मानबाट कलाकार सुलेमान शङ्कर ‘इकु’लाई सम्मानित गरिएको छ । चलचित्र पत्रकार सङ्घ मकवानपुरका अध्यक्ष कपिल खड्काको अध्यक्षतामा भएको सो समारोहमा हेटाैँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बाँनियाले पुरस्कार प्रदान गरेका हुन् ।

 

Leave a Reply

%d bloggers like this: