Sat. Apr 20th, 2024

एजेन्सी। भारतीय अभिनेता तथा निर्देशक सतीश कौशिकको निधन भएको छ । उनको ६६ वर्षको उमेरमा निधन भएको हो ।

शवना आजमीको निवासमा होली मनाएर उनी पारिवारिक होली खेल्न दिल्ली गएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । भारतीय मिडियाका अनुसार होली खेलिसकेपछि असहज महशुस गरेका काैशिकलाई फरटिज अस्पतालमा भर्ना गरिएको थियो ।

उनको सोही अस्पतालमा निधन भएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

फिल्म समिक्षक तरुण आर्दशले आफनो टविटरमा उनको निधन भएको जनाउँदै ‘हृदय बिदारक’ भएको लेखेका छन् ।

उनको जन्म सन् १९६५ अप्रिल १३ मा हरियाणामा भएको थियो । अभिनय, व्यंग्य, पटकथा लेखन, निर्देशन र फिल्म निर्माणमा समेत उनी चर्चित थिए।

कौशिकले ‘हम आपके दिलमे रहेते है’ ‘तेरे नाम’ जस्ता चर्चित फिल्म निर्देशन गरेका थिए ।

Leave a Reply

%d bloggers like this: