Sun. May 5th, 2024

काठमाडाैँ। फिल्म ‘फुलबारी’को नयाँ गीत सार्वजनिक भएको छ। निर्माण पक्षले आइतबार ‘रंग रसिलो’ बोलको गीत सार्वजनिक गरेको हो।

फिल्मले नेपालमा आक्रामक व्यापार गरिरहेको अवस्थामा हिजो सार्वजनिक गीतले थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।

गीतमा हर्क साउदको शब्द तथा सुशान्त गाैतमको संगीत र स्वर रहेको छ। भिडियोमा भने बिपिन कार्की, अरूणा कार्की र दयाहाङ राइ लगायतलाई समावेश  गरिएको छ।

फिल्ममा पनि उनीहरूकै प्रमुख भूमिका रहेको छ।

शुक्रबारबाट नेपाली हलहरूमा प्रदर्शन भएको फिल्मले मल्टिप्लेक्स र साना हलहरूमा समेत हाउसफुल दर्शकको साथ पाएको छ। त्यस्तै, दर्शकको साथ बढ्दै गएपछि नेपालगञ्जको क्युएफएक्सले शोको संख्या पनि थप गरेको छ।

एउटा परिवारमा आउने उतारचढावको कथामा आधारित यस् चलचित्रलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन्। विशेषगरी आफ्नो करिअर बनाउन लगनशील सन्तान र सन्तानलाई त्यसलायक बनाउन शिक्षक पेशामा अवकाश पाइसकेका अभिभावक बीचको चाहना चलचित्रमा रहेको छ।

यशोदा फिल्म्सको ब्यानरमा निर्माण भएको यस् चलचित्रमा कमल किशोर मुलपानीको कथा रहेको छ भने उपेन्द्र सुब्बाको लेखन रहेको छ।

चलचित्रमा विपिन कार्की, दयाहाङ राई, अरुना कार्की, प्रियंका कार्की, गौमाया गुरुङ, शिल्पा मास्के लगायतका कलाकारहरुको अभिनय रहेको छ।चलचित्रलाई जोश हेरुमले खिचेका हुन् भने सम्पादन निमेष श्रेष्ठले गरेका हुन् ।

Leave a Reply

%d bloggers like this: