Sat. May 4th, 2024

काठमाडाैँ। नेपाली फिल्म ‘फूलबारी’ आजबाट प्रदर्शनमा आएको छ। फ्राइडे रिलिज अन्तर्गत ‘फूलबारी’को आजबाट देशभर प्रदर्शन सुरू भएको हो।

उक्त फिल्ममा स्टार अभिनेताहरूको राम्रो उपस्थिति रहेको छ। फिल्ममा दयाहाङ राई, विपीन कार्की, प्रियंका कार्की, अरुणा कार्की, अनसपम शर्मालगायत कलाकार मुख्य भूमिकामा देखिएका छन्।

फेमेली ड्रामा जनरको फिल्म ‘फूलबारी’ रामबाबु गुरुङले निर्देशन गरेका हुन्।

फिल्मले क्यूएफएक्समा राम्रो शो पाइएको छ। यस चेनले  फूलबारी’लाई ३३ शो उपलब्ध गराएको जनाइएको छ।

प्रिमियरमा पायो उत्कृष्ट प्रतिक्रिया

यस फिल्मको बुधबार सिटी सेन्टरस्थित बिग मुभिजमा प्रिमियर गरिएको थियो। फिल्मको प्रिमियरमा निर्माता, निर्देशक, वितरक, अभिनेता र पत्रकारहरूको उल्लेख्य उपस्थिति थियो।

फिल्मको प्रिमियर सकिएपछि अभिनेत्री प्रियंका कार्कीले फिल्म हेन् पुगेकी उनकी आमा रोएको प्रतिक्रिया दिइन्। उनले अधिकांश व्यक्तिले आफ्नो पारिवारिक परिस्थितिमा फिल्मको कथा सम्बन्धित हुने बताइन्।

गीतले पाएको चर्चा

फिल्म ‘फूलबारी’को गीत अहिले नेपाली बजारमा चर्चित छ। निर्माण पक्षले चर्चित संगितकार कालीप्रसाद बास्कोटाको स्वर रहेको ‘माया रैछ र त भर रैछ नि’ बोलको गीत सार्वजनिक गरेको थियो।

एक महिनाको अवधिमा यस गीतले करीब ४० लाख भ्युज पाउन सफल भएको छ।

Leave a Reply

%d bloggers like this: