Fri. Mar 29th, 2024

काठमाडौँ । दीपक र दीपाको फिल्म ‘छक्का पन्जा ४’ को पहिलो गीत सार्वजनिक भएको छ। सोमबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत फिल्मको ‘दर्शन सलाम’ बोलको गीत सार्वजनिक गरिएको हो।

डेविड शंकर र सहिमा श्रेष्ठको स्वर रहेको गीतमा दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, निर्मल शर्मा, बुद्धि तामाङ, स्वस्तिमा खड्का, राज आचार्यलगायत कलाकारले अभिनय गरेका छन् ।

राजेन्द्र थापाको शब्द रहेको गीतमा दिपक शर्माले संगीत भरेका हुन् भने संगीत संयोजन उदयराज पौडेलले गरेका छन्।

हेमराज विसीले निर्देशन गरेको फिल्ममा दीपक, दीपा, केदार, निर्मल, बुद्धि, राजसँगै सुश्मा निरौला, वेदना राईलगायत कलाकारको अभिनय छ। फिल्मको कथा दीपकराज गिरीले तयार पारेका हुन्।

नरेन्द्र मैनालीले छायांकन गरेको फिल्मलाई निमेष श्रेष्ठले सम्पादन गरेका हुन्। आमा सरस्वती मुभिज र आइएमीको प्रस्तुति रहेको फिल्म फागुन १९ गतेदेखि प्रदर्शन हुँदैछ।

 

Leave a Reply

%d bloggers like this: