Sat. May 4th, 2024

काठमाडाैँ। फिल्म ‘तिम्रो मेरो साथ’को टिकटक बुकिङ सुरू भएको छ। भोलीबाट देशभर प्रदर्शन हुने फिल्मको टिकट बुकिङ बुधबारबाट सुरू भएको हो।

यो फिल्ममा साम्राज्ञी राज्यलक्ष्मी शाह र पुष्प खड्का प्रमुख भुमिकामा रहेका छन्।

सबिर श्रेष्ठको लेखन तथा कार्यकारी निर्माण रहेको सिनेमामा पुष्प, साम्राज्ञी र इमिलीसंगै सन्दीप क्षेत्री, सरोज खनाल, खड्क बहादुर पुन, दिपिशा केसीलगायतका कलाकारहरुको अभिनय छ।

सबिर श्रेष्ठ र बाबुराम निरौलाको स्क्रिप्टमा निर्माण सिनेमामा शिव ढकालको छायांकन, सुवाष भुषाल/योगेश काजीको संगीत, रामजी लामिछानेको कोरियोग्राफी र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ।

सिनेमाको सहनिर्मातामा नीरु भण्डारी, अशोक पोखरेल, सुमन पौडेल र सुधिर पराजुली रहेका छन्।

Leave a Reply

%d bloggers like this: