Fri. Apr 26th, 2024

काठमाडाैँ। पब्जीको विश्वकप भनिने पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिप (पिएमजिसी)को फाइनल आजबाट सुरू हुँदैछ। इन्डोनेसियाको जाकार्तामा हुने फाइनल खेलमा नेपालका २ सहित विभिन्न राष्ट्रका १६ वटा टोली सहभागि छन्।

पिएमजिसीको फाइनल खेल्ने नेपाली टोली द रियल सोल्जर्स (डीआरएस) गेमिङ र ट्रेन्ड टु किल (टिटुके) गत हप्ता नै इन्डोनेसियाको जकार्ता पुगिसकेका छन्। यी २ टोली गत महिना भएको समूह चरणको खेल हुँदै फाइनलका लागि छनाैट भएका थिए।

टिटुके समूह चरणबाट शीर्ष तीन स्थानमा रहँदै सिधै फाइनलका लागि छनाैट हुँदा डीआरएस भने लिग स्टेज, सर्भाइभल स्टेज र लास्ट चान्स चरण पार गर्दै फाइनलमा स्थान बनाउन सफल भएको हो।

फाइनलका लागि स्थान बनाएसँगै दुबै टोलीले एक-एक करोड नेपाली रूपैयाँ पाउने पक्का भइसकेको छ। जम्मा १६ वटा टोलीले पिएमजिसीको फाइनलमा खेल्दैछन्। अंक तालिकाको शीर्ष स्थानमा रहने टोलीले कम्तिमा ५ करोड र अन्तिम स्थानमा रहनेले कम्तीमा ४५ लाख नेपाली रूपैयाँ प्राप्त गर्नेछन्।

पिएमजिसीको फाइनल जनवरी ६ तारिखदेखि ८ तारिखसम्म इन्डोनेसियाको जाकार्तामा खेलिनेछ।

पिएमजिसीको तेश्रो संस्करणसम्ममा डीआरएस सबै संस्करणमा सहभागी हुँदा टिटुकेको पहिलो हो। पहिलो संस्करणमा डीआरएस गेमिङ र एब्रप्ट स्लायर्स तथा दोश्रो संस्करणमा डीआरएस र स्काइलाइट्ज गेमिङ सहभागी भएका थिए।

Leave a Reply

%d bloggers like this: