Thu. May 2nd, 2024

काठमाडाैँ। झरना थापाको नयाँ फिल्म ‘भगवत् गीता’मा अभिनेता धिरज मगरको इन्ट्री भएको छ। उनी उक्त फिल्मको मुख्य नायकको रूपमा अनुबन्धित भएका हुन्। निर्माण पक्षले उनी अनुबन्ध भएको जानकारी दिइसकेको छ।

यो फिल्म पुस २० गतेदेखि छायाँकन सुरू हुने जानकारी दिइएको छ। फिल्मलाई झरनाले निर्देशन गर्नेछिन्।

फिल्ममा प्रमुख अभिनेत्रीको रूपमा सुहाना थापा यसअघि नै निश्चित भइसकेकी छिन्। निर्माण पक्षले केही हप्ता अघि नायकको खोजी सुरू गरेको थियो। छोटो अवधिमा नै धिरज फिल्ममा अनुबन्धित भएपछि काम सुरू भइहाल्ने अनुमान गरिएको छ।

यो फिल्म लभस्टोरी जनरको हुनेछ। फिल्मकोअधिकांश सिन जनकपुर र मनाङमा हुने बताइएको छ।

सुहाना इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने फिल्मका बाँकी कलाकार एक सातामा तय हुने भएका छन् । पुस २ गतेदेखि धीरज र सुहानाले कार्यशालामा भाग लिनेछन् ।

सुहाना थापाको पछिल्लो फिल्म ‘ए मेरो हजुर ४’ नेपालमा सुपरहिट भएको थियो। सोही समयमा विश्वभर चलेको ‘केजिएफ-२’सँगको लडाइँका बाबजुद फिल्म सुपरहिट भएको थियो। फिल्ममा सुहाना थापाको अभिनयबारे थुप्रै चर्चापरिचर्चा भएका थिए।

त्यस्तै, धीरज मगरको पछिल्लो फिल्म ‘बाबरी’ हो। उत्कृष्ट गितहरूले भरिपूर्ण फिल्मले नेपाल र नेपाल बाहिर सन्तोषजन प्रदर्शन गरेको थियो।

सुनिल कुमार थापाले निर्माण गरेको ‘ए मेरो हजुर’मा झरना थापाले अभिनय गरेकी थिइन्। उक्त फिल्म ब्लगबस्टर भएको थियो। त्यसैगरी, झरना थापाले निर्देशन गरेको ‘ए मेरो हजुर २’, ३ र ४ नै सुपरहिट भएका छन्।

Leave a Reply

%d bloggers like this: