Tue. Apr 16th, 2024

१५ भदाै, काठमाडाैँ । आज गणेश चौथी । भगवान गणेशको विशेष पूजा आराधनासहित गणेश चौथी मनाइँदैछ । हरेक वर्ष भाद्र शुक्ल चतुर्दशी तिथिका दिनलाई गणेश चौथीको नाममा वैदिक सत्य सनातन हिन्दु धर्मावलम्बीहरुले मनाउने गर्छन् ।

आज देशभरका गणेश मन्दिरमा विशेष मेला लाग्छ । आज उपत्यकाका सूर्यविनायक, कार्यविनायक, चन्द्रविनायक,जलविनायकसहित कमलादी गणेशको मन्दिरमा विशेष पूजा सहित भक्तजनको भीड छ ।

गणेशलाई लड्डु चढाएर आफ्नो मनोकामना पूरा हुने विश्वास अनुसार अधिकांश गणेश मन्दिरमा भक्तजनहरू मोदक बोकेर पुगेका छन् । कुनैपनि धार्मिक कार्य शुरु गर्नुअघि गणेशको पूजा गर्दा सफल हुने जनविश्वास छ । आजैकै दिन गणेशको जन्म भएको शिव पुराणमा उल्लेख छ ।

Leave a Reply

%d bloggers like this: