Sun. Apr 28th, 2024

काठमाडाैँ । असोज ७ गतेदेखि नेपाल र भारतमा एकसाथ प्रदर्शन हुन लागेको फिल्म ‘प्रेमगीत ३’ को दोस्रो टिजर सार्वजनिक गरिएको छ।

कृष्ण जन्माष्टमीको अवसर पारेर नेपाली र हिन्दी संस्करणमा दोस्रो टिजर सार्वजनिक गरेको हो।

‘ओएसआर डिजिटल’ बाट नेपाली भाषामा र ‘जि म्युजिक कम्पनी’ बाट हिन्दी भाषामा आज टिजर सार्वजनिक भएको छ।

सन्तोष सेनको निर्माण तथा निर्देशन रहेको फिल्म पहिलोपटक नेपाली र हिन्दी संस्करणमा प्रदर्शन हुन लागेको हो।

एक साताअघि फिल्मको पहिलो हिन्दी र नेपाली संस्करणको टिजर सार्वजनिक गरिएको थियो। पहिलो टिजरमा प्रेम र राजगद्दीमध्ये एक रोज्नु पर्ने बाध्यता देखाइएको थियो भने दोस्रो टिजरमा प्रेमलाई जनताको रक्षकको रुपमा प्रस्तुत गरिएको छ।

पहिलो टिजर सार्वजनिक भएपछि हिन्दी संस्करणमा डाइलग डेलिभरी राम्रो भएको भन्दै नेपालीभन्दा हिन्दी संस्करणलाई दर्शकले रूचाएका थिए।

भारतमा फिल्मलाई जी-म्युजिक, यूएफओ र मधु इन्टरटेनमेन्टले प्रदर्शन गर्न लागेको हो।

फिल्म निर्देशनमा सेनले स्वर्गीय छेतेन गुरुङसँग सहकार्य गरेका छन्। फिल्मको कथा पनि निर्देशक गुरुङले नै तयार पारेका हुन्।

प्रदीप खड्का, क्रिस्टिना गुरुङको मुख्य भूमिका रहेको फिल्ममा सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा खत्री, जीवन भट्टराई, लक्ष्मी बर्देवालगायत कलाकारको अभिनय छ।

नेपाली भाषाको टिजर

 

हिन्दी भाषाको टिजर

Leave a Reply

%d bloggers like this: