Sun. Apr 28th, 2024

काठमाडाैँ। सन्तोष सेनको निर्माण तथा निर्देशनमा बनेको फिल्म ‘प्रेम गीत ३’ असोज ७ गतेदेखि नेपाल र भारतमा एकसाथ प्रदर्शन हुँदैछ।

पहिलोपटक नेपाली फिल्म हिन्दी संस्करणमा प्रदर्शन हुन लागेको हो। गत शनिबार फिल्मको हिन्दी र नेपाली दुवै संस्करणमा टिजर सार्वजनिक गरिएको छ। टिजर सार्वजनिक भएपछि दर्शकहरूले हिन्दी संस्करणलाई रुचाएका छन्।

अधिकांश दर्शकले हिन्दी संस्करणमा डाइलग डेलिभरी राम्रो भएको प्रतिक्रिया दिएका छन्। हिन्दी टिजरलाई दर्शकले रुचाएसँगै हिन्दी संस्करण नेपालमा पनि प्रदर्शन हुने भएको छ।

फिल्म निर्देशनमा सेनले स्वर्गीय छेतेन गुरुङसँग सहकार्य गरेका छन्। फिल्मको कथा पनि निर्देशक गुरुङले नै तयार पारेका हुन्।

प्रदीप खड्का, क्रिस्टिना गुरुङको मुख्य भूमिका रहेको फिल्ममा सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा खत्री, जीवन भट्टराई, लक्ष्मी बर्देवालगायत कलाकारको अभिनय छ।

ठूलो लगानीमा निर्माण भएको ‘प्रेम गीत ३’ भारतमा ४ करोड रुपैयाँमा बिक्री गरिएको दाबी गरिएको छ।

यसअघि फिल्मका अन्य दुई श्रृङ्खला ‘प्रेम गीत’ र ‘प्रेम गीत २’ बक्स अफिसमा सफल भएका थिए। सेतोपाटी

Leave a Reply

%d bloggers like this: