Sun. Apr 28th, 2024

काठमाडाैँ । बहुप्रतिक्षित फिल्म ‘प्रेमगीत–३’को हिन्दी भर्सनको टिजर सार्वजनिक भएको। निर्माता तथा निर्देशक सन्तोष सेनले शनिबार फेसबुकमार्फत फिल्मको हिन्दी टिजर सार्वजनिक गरेका छन्।

यो फिल्म अागामी सेप्टम्बर २३ तारिखबाट विश्वभर प्रदर्शन हुने भएको यो। फो फिल्म नेपाली र हिन्दी भाषामा सार्वजनिक हुनेछ। हिन्दी भाषामा यो फिल्म प्रदर्शन हुने भएपछि मुम्बइका चोकचोकमा फिल्मका पोस्टरहरू टासिएका छन्।

त्यस्तै, निर्माण पक्षले सेप्टेम्बर १ तारिखमा ट्रेलर सार्वजनिक गर्ने निर्णय गरेको छ। ट्रेलरमा प्रदीप खड्का, क्रिस्टिना गुरूङ, शिव श्रेष्ठ देखिने बताइएको हो।

यो फिल्मको निर्देशक स्व. छेतेन गुरूङ र सन्तोष सेन हुन्। सुभाष काले, प्रशान्त कुमार गुप्ता, सन्तोष सेन र योगेश लखानीले निर्माण गरेको फिल्ममा दीप खड्का, कृष्टिना गुरुङ, शिव श्रेष्ठ, सुनिल थापा लगायतका कलाकारको मुख्य भूमिका छ ।

ट्रिजर सार्वजनिक गर्दै निर्देशक सेनले भनेका छन्, ‘अन्ततः हामीले आज हिन्दी र नेपाली टिजर सार्वजनिक गरेका छौं । तपाईंहरुको प्रतिक्षाका लागि हार्दिक आभार ब्यक्त गर्दछु । हातमा बाँधिएको धागो चुँडिएर जाला तर यहाँहरुको माया र सम्बन्ध कसिलो होस् । बलियो होस् । कहिल्यै नचुडियोस् ।’

Leave a Reply

%d bloggers like this: