‘कबड्डी ४’ले मनायो प्रदर्शनको ५१ औँ दिन

काठमाडाैँ । सुपरहिट नेपाली फिल्म ‘कबड्डी ४’ले प्रदर्शनको ५१ दिन मनाएको छ। जेठ १३ गतेदेखि स्वदेश तथा विदेशमा प्रदर्शन भएको फिल्मले शनिबार ५१ दिन मनाउन सफल भएको हो।

फिल्म प्रदर्शनको पहिलो दिनदेखि नै हाउसफुल भएको थियो। नेपालमा यो फिल्म सबैभन्दा धेरै शो पाउने फिल्म पनि भएको छ।

रिलिजको ५१ दिन सम्म आइपुग्दा फिल्मले बक्स अफिसमा २२ करोड ७३ लाख माथिको कमाइ गरेको छ l पहिलो दिनबाट हाउसफुल बनेको फिल्मलाई दर्शकले अत्यधिक रुचाएका थिए।

रामबाबु गुरुङ निर्देशित फिल्ममा दयाह्याङ राई , सौगात मल्ल , बुद्धि तामाङ, विजय बराल, गौमाया यात्री, पुष्कर गुरुङ, कमलमणि नेपाल, कविता आले, जयनन्द लामा, प्रकाश घिमिरे, माओत्से गुरुङ, शारदा अधिकारी लगायतको पनि अभिनय रहेको छ l

Leave a Reply

Back To Top