Sun. May 5th, 2024

काठमाडाैँ । चलचित्र निर्माता, वितरक तथा कलाकार गोविन्द शाही नेपाल चलचित्र संघको वितरण सभापतिमा मनोनित भएका छन्। सोमबार बसेको  कार्यसमितिको प्रथम बैठकबाट उनि वितरण सभापतिमा मनोनित भएका हुन्।

गत जेठ १९ गते काठमाडाैँमा सम्पन्न नेपाल चलचित्र संघको ४७अाैँ वार्षिक साधारण सभाबाट विरेन्द्र नारायण श्रेष्ठको अध्यक्षमा निर्विरोध रूपमा कार्यसमिति गठन भएको थियो। सोही कार्यसमितिको बैठकले सोमबार विभिन्न समिति गठन गरेको हो।

त्यस्तै, कार्य समितिको दोश्रो बैठक भाद्र ६ गते निर्णय पनि प्रथम कार्यसमिति बैठकले गरेको छ।

वितरक शाहीले काठमाडाैँ उपत्यकामा वितरण गरेको कबड्डी–४ अहिले पाँचाै हप्तामा प्रदर्शन भइरहेको छ। उक्त फिल्म नेपालमा सबैभन्दा धेरै कमाइ गर्ने फिल्म समेत बनेको छ।

Leave a Reply

%d bloggers like this: