Thu. Mar 28th, 2024

काठमाडाैँ । दीपेन्द्र लामा निर्देशित फिल्म ‘२ नम्बरी’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ।

एक पोस्टरमा दयाहाङ राई र सौगात मल्ललाई प्रस्तुत गरिएको छ भने अर्काे पोस्टरमा दयाहाङ र सौगातसँगै उपासना सिंह ठकुरी, उगेन छोदेन र बुद्धि तामाङलाई देख्न सकिन्छ।

दीपक मनाङ्गे, अमलादेवी राई र जयस श्रेष्ठको लगानीमा बनेको फिल्मलाई किरण नेपालीले प्रस्तुत गरेका हुन्।

दुई साथीको मित्रताको कथालाई प्रस्तुत गरिएको छ। फिल्मको कथा निर्देशक लामाले नै तयार पारेका हुन्।

सरोज नेपाली कार्यकारी निर्माता रहेको फिल्मको सह-निर्मातामा मिठु तामाङ्नी रहेकी छिन्। सुशान्त प्रजापतिको छायांकन रहेको फिल्मलाई निमेष श्रेष्ठले सम्पादन गरेका हुन्।

फिल्ममा रामजी लामिछानेको कोरियोग्राफी, जयन जे वाइवाको संगीत छ। यो फिल्म तिहारको अवसर पारेर कार्तिक ४ गतेदेखि प्रदर्शन हुनेछ।

Leave a Reply

%d bloggers like this: