Thu. May 2nd, 2024

काठमाडाैँ । नेपाली फिल्म ‘ए मेरो हजुर–४’ प्रदर्शनको महिना दिनमा प्रवेश गरेको छ । नयाँ वर्षबाट प्रदर्शन भएको फिल्म सफलतापूर्वक यात्रा गर्दै महिना दिनमा प्रवेश गरेको हो ।

देशभर सिंगल तथा मल्टिप्लेक्स हलमा फिल्मले लगातार हाउसफुलको व्यापार गरेको थियो ।

झरना थापाद्वारा निर्देशित फिल्ममा अनमोल केसी, सुहाना थापा, सलोन बस्नेत, रवि गिरी, सरोज खनाल, लुनिभा तुलाधर, रक्षा गौतमलगायत कलाकारहरूको अभिनय छ ।

कतिपयले भारतीय फिल्म केजिएफ–२ सँग प्रतिस्पर्धा गर्न नसक्ने भन्दै होच्याएको फिल्मले प्रतिस्पर्धामा राम्रो गति समाइरहेको छ ।

Leave a Reply

%d bloggers like this: