Mon. May 23rd, 2022

काठमाडाैँ । नेपालकी सरिता श्रेष्ठले कोबे-ओसाका अष्ट्र्रेलियामा कराते च्यायम्पियनसिपमा आइतबार कास्य जितेकी छन् । महिला एकल कातामा सरिताले कास्य जितेको कराते प्रशिक्षक राम थारुले जनाएका छन् ।

अस्ट्रेलियाको मेल्बर्नमा भएको प्रतियोगिताअन्तर्गत सरिताको स्पर्धामा १३ खेलाडी सहभागी थिए । प्रशिक्षक थारुका अनुसार सरिताले तीन खेलाडीलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेकी थिइन् ।

सेमिफाइनलमा पराजित भएपछि सरिता कास्यमै सीमित भइन् ।

Leave a Reply

Your email address will not be published.