Tue. Apr 30th, 2024

काठमाडौं । इन्डियन आइडल–२०२१ विजेता पवनदीप राजन नेपाल आइपुगेका छन् । आज लर्ड अफ ड्रिंक्स (एलओडी)मा आफ्नो विशेष सांगीतिक प्रस्तुति प्रस्तुत गर्नका लागि पवनदीप शनिबार काठमाडौं आइपुगेका हुन् ।

शनिबार काठमाडौं आइपुगेका गायक पवनदीपले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै कार्यक्रममा बलिउड गीत र केही नेपाली गीत गाउने बताएका छन् । इन्डियन आइडल बन्नुमा नेपालीहरुको धेरै सपोर्ट रहेको उल्लेख गर्दै उनले सबैलाई धन्यवाद दिएका छन् ।

उनले भनेका छन्, ‘नेपालबाट पनि यति धेरै माया पाएको छु कि सबैलाई धन्यवाद । पहिलो पटक नेपाल आएको छु पर्फम गर्नका लागि । तपाईहरुलाई मनोरञ्जन दिन सक्दो कोसिस गर्नेछु ।’

गायक पवनदीपको सांगितिक प्रस्तुति हेर्न उल्लेख्य संगीत पारखीहरुले टिकट लिएका आयोजकले बताइएको छ । रोटरी क्लब अफ पाटन वेस्टले आयोजना गरेको र ३६५ इभेन्टस् एण्ड मिडियाले व्यवस्थापन गरेको पवनदीपको सांस्कृतिक कार्यक्रममा दुई थरीका टिकट राखिएको छ ।

जानकारी अनुसार २५ सय र ३ हजार दरको टिकट राखिएको र उक्त टिकटबाट उठेको रकम रोटरी क्लबले सामाजिक कार्यका लागि सहयोग गर्नेछ ।

Leave a Reply

%d bloggers like this: