Fri. Apr 19th, 2024

काठमाडाैँ । नयाँ वर्षदेखि प्रदर्शन भइरहेको फिल्म ‘ए मेरो हजुर ४’को सुखद् यात्रा जारी रहेको छ । पहिलो दिनबाट नै राम्रो सुरूवात गरेको फिल्मले साताैँ दिनसम्म पनि लय यथावत् राखेको हो ।

यो फिल्मले तीन दिनमा देशभरबाट ४ करोड १ लाख ग्रस कलेक्सन गरेको छ ।

यो फिल्मले पहिलो दिन बिहिबार ८८ करोडको ग्रस कलेक्शन गरेको थियो । शुक्रबार ६६ लाखको ग्रस कलेक्शन गरेको फिल्मले शनिबार ८९ लाखको ग्रस कलेक्शन गर्यो । आइतबार ४५ लाख कमाएको फिल्मले सोमबार ४१ लाख, मंगलबार र बुधबारमा ३६–३६ लाखको व्यापार गर्यो । एक सातामा ४ करोडको ग्रस कलेक्शन गरेको फिल्मले दोश्रो सातामा पनि सुखद कमाई गर्ने संकेत देखाएको छ ।

देशभर सिंगल तथा मल्टिप्लेक्स हलमा फिल्मले लगातार हाउसफुलको व्यापार गरेको थियो ।

झरना थापाद्वारा निर्देशित फिल्ममा अनमोल केसी, सुहाना थापा, सलोन बस्नेत, रवि गिरी, सरोज खनाल, लुनिभा तुलाधर, रक्षा गौतमलगायत कलाकारहरूको अभिनय छ ।

कतिपयले भारतीय फिल्म केजिएफ–२ सँग प्रतिस्पर्धा गर्न नसक्ने भन्दै होच्याएको फिल्मले प्रतिस्पर्धामा राम्रो गति समाइरहेको छ ।

Leave a Reply

%d bloggers like this: