Thu. Apr 25th, 2024

काठमाडाैँ । नयाँ वर्षदेखि प्रदर्शन भइरहेको फिल्म ‘ए मेरो हजुर ४’को सुखद् यात्रा जारी रहेको छ । पहिलो दिनबाट नै राम्रो सुरूवात गरेको फिल्मले चाैँथो दिनसम्म पनि लय यथावत् राखेको हो ।

यो फिल्मले तीन दिनमा देशभरबाट २ करोड ४३ लाख ग्रस कलेक्सन गरेको छ ।

वितरक गोविन्द शाहीले दिएको जानकारी अनुसार यो फिल्मले दिन नेपालभरबाट ८८ लाख, दोस्रो दिन ६६ लाख र तेस्रो दिन ८९ लाख कमाएको छ । उनले फिल्मको कमाइ अहिले पनि राम्रो रहेको बताए ।

देशभर सिंगल तथा मल्टिप्लेक्स हलमा फिल्मले शनिबार हाउसफुलको व्यापार गरेको थियो ।

झरना थापाद्वारा निर्देशित फिल्ममा अनमोल केसी, सुहाना थापा, सलोन बस्नेत, रवि गिरी, सरोज खनाल, लुनिभा तुलाधर, रक्षा गौतमलगायत कलाकारहरूको अभिनय छ ।

कतिपयले भारतीय फिल्म केजिएफ–२ सँग प्रतिस्पर्धा गर्न नसक्ने भन्दै होच्याएको फिल्मले प्रतिस्पर्धामा राम्रो गति समाइरहेको छ ।

Leave a Reply

%d bloggers like this: