Mon. May 23rd, 2022

एजेन्सी । पञ्जाव किंग्सले रोयल च्यालेन्जर्स बेंगलोरलाई ५ विकेटले हराउँदै इन्डियन प्रिमियर लिग (आइपीएल) २०२२ मा विजयी सुरुआत गरेको छ ।

२०६ रनको विशाल विजयी लक्ष्य पछ्याएको पन्जाबले १९ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्‍यो ।

पञ्जाव को जितमा विकेटकिपर भानुका राजपक्षेले आक्रमक ब्याटिङ गर्दै ४३ रनको इनिङ खेले । ओडेन स्मिथ २५, शाहरुख खान २४ रनको योगदान गरे ।

बेंगलोरका मोहम्मद शिराजले २ विकेट लिए । अक्षदीप, वानिन्दु हसरंगा र हर्षल पटेलले १–१ विकेट लिए ।

यसअघि मुम्बईमा टस हारेर पहिला ब्याटिङ थालेको बेंगलोरले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २०५ रन बनायो ।

बेंगलरका कप्तान फाफ डु प्लेसिसले सर्वाधिक ८८ रन बनाए । दीनेश कार्तिक ३२ रनमा अविजित रहे । यस्तै, विराट कोहलीले ४१ रन बनाए । न्युज कारखाना

Leave a Reply

Your email address will not be published.