Tue. Apr 23rd, 2024

काठमाडौं । नेपाली फिल्म ‘ए मेरो हजुर–४’ को ट्रेलर सार्वजनिक भएको छ ।

फिल्मको ट्रेलरमा अनमोल केसी र सुहाना थापाको प्रेम देखाइएको छ। झरना थापाले निर्देशन गरेको फिल्मको लेखन छेतेन गुरुङ र थापाले गरेका हुन् ।

काठमाडौंमा भएको कार्यक्रममा ट्रेलर सार्वजनिक गर्दै निर्माण टिमले अघिल्ला भागहरूजस्तै यस फिल्मलाई पनि दर्शकले माया गर्ने विश्वास गरेको छ। फिल्म वैशाख १ गते प्रदर्शन हुनेछ। वैशाख १ गते नै दक्षिण भारतीय फिल्म केजिएफ–२ प्रदर्शन हुने छ।

केही हप्ता अगाडी सार्वजनिक गरिएको यसै फिल्मको ‘सुन्तला’ गीतले पनि दर्शकको राम्रो साथ पाइरहेको छ ।

Leave a Reply

%d bloggers like this: