Thu. Mar 23rd, 2023

काठमाडाैँ । हिमाली भेगको प्रेमकथामा आधारित फिल्म ‘मन्त्र’ को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा सौगात मल्ल र दीया पुनको प्रमेकथा देख्न सकिन्छ ।

फिल्ममा सौगात मल्ल, बुद्धि तामाङ, दीया पुन, नमिता तामाङ, पासाङ डी शेर्पा, वीर विक्रम लामाको मुख्य भूमिका रहेकाे छ ।

फिल्मका निर्देशक खिलबहादुर गुरुङ छन् । वैशाख १६ गते रिलिज हुने तयारीमा रहेको फिल्मलाई देवेन्द्र मानन्धरले निर्माण गरेका हुन् ।

रिलज भएको दोश्रो दिन पुरा हुँदा ट्रेलरले २ लाखभन्दा बढी भ्युज पाएको छ भने कमेन्टमा सकारात्मक प्रतिक्रिया पाइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *